कस्सम! चाहे बोराको पाइन्ट लगाउन किन नपरोस |
कस्सम!
चाहे बोराको पाइन्ट लगाउन किन नपरोस,
तेतिबेला सम्म धैर्य राख्छु म,
जतिबेला मेरो मेहनत चरम चुली पुगोस,
त्यस पश्चातको अमृत बर्षाले,
यो बोराको पाइन्ट,
मछिन्द्रनाथको भोटो जस्तै प्रसिद्द होस |
मैले बाटोका भिखारीहरु हेरे,
प्रकृतीलाई सोधे,
के यीनिहरुका लागि फल फालेका थिएनन् ?
प्रकृतीले जबाफ दिइन,
म सबैका लागि बराबर फले,
तिमी मानब नै हौ,
जसले यो अब्यबस्थित समाज को निर्माण गरेऊ |
कस्सम!
चाहे बोराको पाइन्ट लगाउन किन नपरोस,
तेतिबेला सम्म धैर्य राख्छु म,
जतिबेला कसैले भबिस्यको चिन्ताले
पैसा जम्मा गर्न नपरोस |
एस्तो सभ्य समाज होस,
बास,गास, कपास अनि
स्वास्थ्य, शिक्षा र रोजगारको
राष्ट्र स्वयं जिम्मेबार बन्न सकोस |
मैले कतै एस्तो अनौठो भेटे,
कोई कोई रातारात धनी भएको देखे ,
बिना मेहनत, निस्फिक्र नोटका बिटा गन्दैगरेको देखे |
मैले आफैलाई सोधे,
के एस्तो संयन्त्र बन्न सक्दैन ?
जहाँ कागजी नोट होइन,
फलानोले फलानो लाइ यस कारणले एति पैसा दियो,
भनि डाटाबेस बनाइयोस |
कस्सम!
चाहे बोराको पाइन्ट लगाउन किन नपरोस,
तेतिबेला सम्म धैर्य राख्छु म,
जतिबेला यी घुस्याहा र कालोबजारीको
नामोनिशान मेटियोस |
पैसाको प्रस्ट डाइनामिक नेटवर्क र फ्लो देखियोस |
घरबार बिहिन सुकुम्बासीको
कथा बाकीनै छ |
जग्गा दलालीको को त,
पराकाष्ठानै देखियो |
के एस्तो संयन्त्र बन्न सक्दैन ?
जग्गा सबै राष्ट्रियकरण होस्,
सबैलाई उचित छतिपुर्ती मिलोस |
आइन्दा जग्गा कसैको आफ्नो नहोस |
निश्चित समयका लागि राष्ट्रसंग
भाडामा लिनुपरोस |
देश भए सबै जग्गावाल,
देशै नभए सबै सुकुम्बासी |
कस्सम!
चाहे बोराको पाइन्ट लगाउन किन नपरोस,
तेतिबेला सम्म धैर्य राख्छु म,
जतिबेला जग्गा दलालको नामोनिशान मेटियोस |
बस्ति भन्दा पहिला पुर्बाधारको निर्माण होस् |
स्मार्ट सिटिमा सबैको बास होस् |
कति जंगलहरु खेति गर्न मासिए |
कति जडिबुटी लोप भए |
के एस्तो योजना बन्न सक्दैन ?
अल्का टावरहरु बनाइयोस,
सहरका कुना काप्चामै भर्टिकल फार्मिंग को बिकास होस् |
बाकी सबै भुमी प्रकृतीलाई
जिम्मा लागाइयोस |
सुन्दर, शान्त र हराभरा नेपालका
हिउचुलि हेर्न सबैको ताती लागोस |
कस्सम!
चाहे बोराको पाइन्ट लगाउन किन नपरोस,
तेतिबेला सम्म धैर्य राख्छु म,
जतिबेला हाम्रा लोप भएका
जडिबुटी र जीबहरूका डी. एन. ए. फेरी बनाइयोस र
प्रकृतीका सन्तान ऊनैलाई जिम्मा लगाइयोस |
- दिबाकर सिग्देल - कविता संग्रह बिन्दु र आकृती
Leave कस्सम! चाहे बोराको पाइन्ट लगाउन किन नपरोस | to:
Read more #nepali-poem posts
Best Posts From Vasuji
We have not curated any of vasuji's posts yet. But you can encourage our curation team to review posts by visiting them regularly and by referring other readers. Because we give priority to frequently read content.
More Posts From Vasuji
- किसान र माहुरी
- शुन्य
- लघुकथा: डिजिटल नरक!
- ऐना भित्रको एक चित्रण |
- थुइक्क म!
- हे मूर्ख !
- ऐना भित्रको एक चित्रण |
- मानब
- माटो मुनीका सपनाहरु !
- फगत यी बिम्बहरु !
- शक्ति मन्थन
- समयका चार चक्र
- अनन्त ज्ञान कोच्ने मस्तिस्क
- कस्सम! चाहे बोराको पाइन्ट लगाउन किन नपरोस |
- Optimized Locomotion
- Hyperledger : Open-source Blockchain Framework & Free course at EDX by LINUX Foundation
- Quantum Cryptography : Next technology after Bitcoin!!
- Blockchain Rocking in 2018
- New Blockchain Based Technologies in 2018
- Game Development in CUDA