Vasuji avatar

शक्ति मन्थन

vasuji

Published: 29 Dec 2017 › Updated: 29 Dec 2017शक्ति मन्थन

शक्ति मन्थन


Image Courtesy


आहा त्यो दीप !
धेरै टाढा छ |
म बिचरा कठै बरा,
बिछौनामा कल्पीरहेछु |
साङ्ग्लाहरु मेरा नशा-नशामा,
यत्र तत्र ब्याप्त छन् |
कोष-कोष को पुकार छ ,
टाढा रहेको त्यो,
अमृत प्याला,
करोडौ माहुरी को,
त्यो अटुट देन ,
फुकालु म साङ्ग्ला,
फेरु म काचुली,
गरु म अनन्त कर्म ,
होस् बिस्फोटन मेरो हृदयमा,
आहा त्यो अमृत प्याला |


जन्जीर मेरा यी,
बलिया हुदाहुन त;
त्यहि सबल ब्रम्ह चलाउथे|
म अज्ञानी शक्ति को भिख ,
नित्य किन चढाउ |
शक्ति मेरो हृदय तलमा,
शुषुप्त बास बसेको छ |
बाकि एक झिल्को
ज्ञान ज्योति पर्खिएको छ |


मेरा पटलका खोच बिबरमा,
तन्त्र हजारौ बन्दाहुन |
मेरा भोगी स्कन्द तुनामा ,
यन्त्र अनेक अटदाहुन |
मेरा यी बेवास्ते पलमा,
मन्त्र अनेकौ राचिदा हुन् |
माफी छ एक मागनु,
प्रकृति को काखमा,
लिनुछ एक प्रतिज्ञा,
भिड्नु छ निरन्तर |


कर्मउर्बर रहोस जिबन,
होस् बिस्फोटन त्यो त्यागको,
मेरा इ जन्जिर झुर्का होउन|
कर्म मेरो चरम सिमा पुगोस ,
होवस मेरो मृदुल पटलमा
एकदिन ज्ञानामृतको वर्षा |


Leave शक्ति मन्थन to:

Written by

Physics, Technology, Philosophy, Literature and Art

Read more #nepali-poem posts


Best Posts From Vasuji

We have not curated any of vasuji's posts yet. But you can encourage our curation team to review posts by visiting them regularly and by referring other readers. Because we give priority to frequently read content.

More Posts From Vasuji