माटो मुनीका सपनाहरु !
मध्य रातमा ,एकान्त कोठामा ,
इट-काठ मसंग बोल्दै छन् ।
जुटेका छौ हामी साथ ,
गारो ठाडो पार्न आज ।
छौ तिमी किन घोर निराश,
देश ठाडो पार्न आज ।
सोची सोची ब्याकुल छु म ,
रुन लाई आशु छैन ,
निल्नलाई थुक छैन ,
समयको पिटाई सहिरहदा
मुटुमा घाउको अर्थ छैन ।
चिट चिट पशिना आउछ ,
बुलुक बुलुक कान बल्किन्छ,
किरी किरी किराहरुको साथमा ,
चारैतिर ओईलाएको आशमा ,
भाग्य खोज्दै छु म ।
ओछान बाट घमण्डले ,
म कठै ईट भन्थे ।
आज अचानक उनीहरु ,
करुणा दृस्टी छर्दै छन् ।
मेरा शरिरका हात-पाउ,
ब्यर्थै पलाएको ठान्दाहुन् ।
संकीर्ण बिचारको भुमरी भित्र
सर्वत्र जकडिएको देख्दाहुन ।
दया भावले एक फिलिंगो
ज्ञान झोस्न खोज्दाहुन ।
मध्य रातमा ,एकान्त कोठामा ,
इट-काठ मसंग बोल्दै छन् ।
भेला हुने चौतारोले ,
आज तिमीलाई डाक्दै छ।
कुल्ची हिड्ने गोरेटोले ,
तिमीलाई द्वार खोल्दै छ।
तिम्रोलागी सुबास छर्न ,
फूलहरु फ़ुल्दैछन ।
माहुरीहरु तिम्रै लागि
मह जम्मा पार्दैछन ।
कर्मभुमी तिम्रो नेपाल ,
तिमीलाई नै खोज्दैछ ।
हजार स्वप्न संसार चिहाउन ,
कर्मठ हात पर्खिरहेछ ।
एउटा फुलको बोटलाई सोध ,
माटोमुनी छन् कती स्वप्नहरु!
फुल बनि सुबास छर्न त्यहा ,
तछाड मछाड र भिडन्त छ ।
आऊ तिमी पाखुरा लडाऊ ,
यो भुमी मा नौरंगी फुल फुलाउ !!
- दिबाकर सिग्देल - कविता संग्रह बिन्दु र आकृती
Leave माटो मुनीका सपनाहरु ! to:
Read more #nepali-poem posts
Best Posts From Vasuji
We have not curated any of vasuji's posts yet. But you can encourage our curation team to review posts by visiting them regularly and by referring other readers. Because we give priority to frequently read content.