
किसान र माहुरी
किसानले मह काडेको झोकमा माहुरी मुर्मुरिदै रिसाउदै फुलको बोटलाई सोधछ
"तिमी पनि पक्कै एक स्वार्थि रुख हुनु पर्छ ! भन तिमी किन रसिलो पुस्परसमा हामीलाई लोभ्याउछौ ? किसानले हामीलाई बस्न चिटिक्कको घर दिञ्छ तर सट्टामा मह जति सबै काडेर लैजाञ्छ। मलाई तिमी माथि पनि संक्का छ !"
फुलको बोट माहुरीलाई सान्त्वना दिदै भनछ "हे माहुरी! मैले गर्दा तिमीलाई कुनै कष्ट भएमा म छ्यमा प्रार्थी छु । मलाई लिनुमा भन्दा दिनुमा धेरै आनन्द आउछ। बिहान सूर्य उदाउने बित्तिकै मेरा पात-पातमा मैले सम्हाली नसक्नु उर्जाको बर्षा हुन्छ। सूर्यका ती आकाशभेदी किरणहरु मेरा पातमा अवतरित हुदा म आनन्दनादमा हुन्छु । म सूर्यको अनुपम कृपाको ऋणी छु। यो आनन्द अरु प्राणीलाई पनि बाडन सकु भनेर कहिले म फुल बनेर फुल्छु, कहिले पुस्परस निर्माण गर्छु , कहिले रसिलो फल बनेर फालिदिन्छु, कहिले छहारी होस् भनेर टाढा-टाढासम्म फैलिदिन्छु। तिमी धन्दा नमान। तिमीलाई पुष्परस बाढ्नुमा मेरो कुनै स्वार्थ छैन। मेरो पुष्परस फुलमै सुक्यो भने, म अपुरो हुन्छु। मेरा फल-फुलका सुबास टाढा-टाढा फ़ैलिएन भने मेरो जीबन व्यर्थ हुनेछ ।"
यो कुरा सुनेर माहुरीलाई कम्तिमा फुल चै स्वार्थि रहेनछ भन्ने लग्यो ।यतिकैमा फुलले माहुरीको दुबिधा अन्य नभएको चाल पाएछ र भन्छ,
"तिमी किंसानलाई पनि स्वार्थी नदेख। हामी सबै कर्म-योगी हौ। हामी आ-आफ्ना जीबनका "जिबन-अमृत" का सेरोफेरोमा जीबन व्यतित गर्छौ। मेरो अमृत "जल" हो । जसको कुनै स्वाद छैन। न रुप छ, न रंग छ, न त कुनै सुवास छ। म जल र हावा मिसाई सूर्यबाट प्राप्त उर्जा रसिलो पुष्परसमा उनिदिन्छु। पुस्परस तिम्रो अमृत हो । जसको स्वाद, रंग, गन्ध सबै हुन्छ। तिमी सारा जगतलाई यो अमृत चखाउछौ, संसार उर्जाले जुर्मुराउछ। यी सबै अमृत भन्दा माथि एक त्यस्तो अमृत छ जसले यो सारा प्रकृतीको मेहनतलाई सार्थक तुल्याइदिञ्छ। यो अमृत कतै फुल्दैन, फल्दैन - यो त घटित हुन्छ! जुन जीव आफू स्वयम् प्रकृती भएको महसुस गर्छ। जो जीव सबै प्राणीप्रति प्रेमभाब राख्छ। न कहिलै रिसाउछ, न इर्स्या गर्छ, न कहिलै मत्तिञ्छ, न कहिलै आवेगमा आउछ। त्यस्तो सत्ता प्राप्त गरेको ज्ञानीको चित्त अत्यन्त सन्तुलित र तटस्थ अवस्थामा रहनछ। रगतमा अनेक रसायन भए पनि मानस्पटलमा ज्ञानामृतको प्रस्फ़ुटनले व्यवहार जल जस्तै तटस्थ प्रतित हुन्छ। जल बाट सुरु भएको अमृतको निर्माण जल जस्तै तटस्थ ज्ञानामृत घटित हुनेमा पुगेर टुङ्गिनछ। ज्ञानामृत ज्ञानयोगी को अमृत हो ! यहिनै प्रकृतिको अन्तिम उदेस्य हो। तिमी र म जस्ता कर्मयोगी यसैका सहायक हौ । बीचमा देखिने स्वाद, गन्ध, रंगले जीवनमा अनन्त तृष्णा पैदा गर्छ। आबस्यक्ता भन्दा धेरै थुपार्ने प्रवृतिले जीबन र समाजलाई आक्रान्त बनाउछ। तिमी फर्केर जाऊ। किसानले तिम्रो परिवारलाई पुग्ने मह तिम्रो घारमै छोडेको छ ।"
Leave किसान र माहुरी to:
Read more #nepali posts
Best Posts From Vasuji
We have not curated any of vasuji's posts yet. But you can encourage our curation team to review posts by visiting them regularly and by referring other readers. Because we give priority to frequently read content.