समयका चार चक्र
जीबन के हो भनेर तपाई हाम्रा आ-आफ्नै भोगाई अनुसारका परिभाषा होलान | जन्म-मरणको दोसाधमा अल्झिएको छ जीबन भन्दैहुनुहुन्छ होला | यस धर्तिमा जन्मिएका हरेक तेस्ता जीवन घटित हुन प्रकृतीले गरेका पूर्व तयारीलाई पनि जीवनका अंश माने अघिको हाम्रो जीवनको बुझाई एसको १ % भन्दा पनि कम हुनेछ | तैपनि समय अमुल्य छ भन्दै बाटो बाटो हामी कुदेकै छौ | सुर्यका वरिपरि पृथिबीको गतिले बनेका दिनरात, महिना , वर्ष इ. हाम्रा अफिसियल टाइम भएका छन् | " बैंश ढल्दै गयो, कपाल फुल्दै आयो, बुढो भैएछ क्यार !" भन्ने अर्को सारीरिक भोगाई बाट निस्कने समय को मापन छ | यो बायोलोजिकल समयको जरा हाम्रा शरीरका कोष-कोष मा ब्याप्त छ | समय को महत्व मानिसलाइ मात्र होइन जीवजन्तु चार-चुरुंगी सबैलाई छ | सबैलाई बिहान सबेरै उठेर आफ्नो जीबन गुजाराका सामाग्री जुटाउनु छ | तेसो भन्दा अझै न्यारो माइण्डेड भइन्छ होला | साचै भनौ भने ढुंगा-माटो सबैलाइ समय को महत्व छ | हामीले बाटो बनाउन लम्पसार परेका ढुंगा बर्षौ सम्म ढुङ्गै भएर बस्न तल्लिन छन् तर तेसरी सदाका लागि ढूंगा भैरहन सक्दैनन् | एकदिन एस्तोपानी आउने छ, सुर्य बलेर सौर्यमंडलको पनि आयु सकिने छ | तेतिमात्रै कहा होर ! यस ब्रम्हाण्डमा भएका हरेक कुराका सुरु र अन्त्य छन् | एकदिन ब्रम्हाण्डको पनि अन्त्य हुनेछ (कस्तो प्रकारले अन्त्य होला पत्ता लागिसकेको भने छैन) | सारांशमा भन्दा प्रकृतीको गर्भमा एउटै समयलाइ हामीले चार प्रकारका समय चक्रमा भोगिरहेका हुन्छौ | आजको ब्लगमा म एसैका बारेमा चर्चा गर्ने छु |
समय को प्रथम चक्र निर्माण गर्ने कारक चिज हो - गुरुत्वाकर्षण बल | यो बल हुनुमा पदार्थको मास ले भूमिका खेल्छ | यो बलले विशेषत ब्रम्हाण्डका ठुला दुरी मा रहेका तारा, ग्रह, नाछेत्र लगाएत तरापुञ्ज को गतिलाई नियन्त्रण गरेको हुन्छ | किन ठ्याकै ३६५ दिन जातिमा पृथिबीले सुर्यलाई परिक्रमा गरेको होला ? किन २४ घण्टामा एक दिन भएको होला? यो सबै कुरा को उत्तर गुरुत्वाकर्षण बल नै हो |
समयको दोस्रो चक्र को निर्माण गर्ने कारक चिज हो - बिधुतिय-चुम्बकीय बल र यो बल हुनुमा पदार्थको चार्ज ले भूमिका खेल्छ | यो बल सम्पूर्ण प्राणी र बोटबिरुवा को जीबन मरण को संगीत हो | हेर्नुहोस अगाडिको प्रसंगमा हामीले ग्रह, तारा को बिशाल दुरीका कुरा गर्दै थिएउ | तर यो बिधुतिय-चुम्बकीय बल देख्न एटोमिक साइज मा झर्नु पर्ने हुन्छ | यो समयलाई हामी सबैभन्दा नजिक बाट भोगछौ | उदाहरण को लागि हामीले खाएको खान ३/४ घण्टामा पचिसक्छ | ६/७ घन्टामा हाम्रो निद्रा पुग्छ | हामी बच्चा, बयस्क हुदै बुढो हुन्छौ | रुख बिरुवाहरु फल्छन फुल्छन | हामीले सास फेरेको, हिडेको, सपना देखेको इ. यी सबै क्रियाकलापका पछाडी हाम्रा शरीरका कोष-कोषमा घटित रासायनिक प्रतिक्रिया र तेस्बाट प्रवाहित बिधुतिय-चुम्बकीय बलकै हात छ | यो बाहेक हामीले प्रयोग गर्ने सबै जसो टेक्नोलोजी: मोबाइल, टिभी, रेडियो इ. का पछाडी पनि बिधुतिय-चुम्बकीय बलकै कुरा आउछ |
समयको तेस्रो चक्र निर्माण गर्ने बललाइ विक-फोर्स भनिन्छ | हाम्रा दैनिक जीबनमा घटित हुने क्रियाकालापमा यो बल देखा पर्दैन | अधिका प्रसङ्गहरुमा हामीले निकै लामा दुरीमा काम गर्ने गुरुत्वबल र एटोमिक दुरीमा काम गर्ने चुम्बकीय-बिधुतिय बलका कुरा गरेउ | यो बल देख्न एटोमिक दुरी भन्दापनि सानो न्युक्लियर दुरीमा जानु पर्छ | न्युक्लियर दुरीमा बास्तावमा २ वटा बलहरु छन् जसलाई क्रमश: वीक र स्ट्रोङ्ग फोर्स भानिन्छा | ब्रम्हाण्डमा घटने बिबिध घटनाहरुमा विक-फोर्स को पनि उतिकै हात छ | चुम्बकीय-बिधुतिय बल ले प्रतछ्य हाम्रो जन्म मृत्यु संग सम्बन्ध राखे जस्तै | विक-फोर्सले सौर्य मण्डल जस्ताको जीबनकाल निर्धारण गर्छ | तपाइलाई लाग्दैहोला यो कसरि भयो भनेर | यो विक फोर्स देखिने आधारभूत नियम अलि अनौठो छ | पदार्थको न्युक्लियसमा प्रोटोन निउट्रोन हुन्छन | एउटा केराउको दानो भित्र ३ वोटा तोरीको दानो अटेजस्तै प्रोटोन निउट्रोन भित्र ३ वोटा क्वार्क अटेका हुन्छन | न्युक्लियर दुरीमा हुने प्रतिक्रियामा क्वार्कले आफ्नो फ्लेवर भन्ने गुणनै बदल्छन र यो विक-फोर्स देखा पर्छ | येसो गर्दा निउट्रोनहरु प्रोटोनमा बदलिनछन् | यो विक-फोर्स कै कारण आकासमा सुर्य लगाएत ताराहरु प्रकाशित छन् | यहि विक-फोर्स का कारण हलुका पदार्थ जस्तै हैत्रोजन, हिलियम इ. बाट गर्हौ पदार्थको को निर्माण हुन्छ|
अबत सजिलै अनुमान लगाउनु भयो होला चौथो समय चक्रको निर्माण गर्ने बल स्ट्रोङ्ग फोर्स हुनु पर्छ भनेर | यो बल लाइ देख्न न्युक्लियर लेबल भन्दापनि भित्र प्रोटोन नेउट्रोन जस्ता पार्टिकल भित्र पुग्नु पर्ने हुन्छ | यो बल देखा पर्नुका पछाडी पार्टिकल को कलर भन्ने गुण को हात छ | यसै बलका कारण क्वार्कहरु मिलेर प्रोटोन निउट्रोन बन्न सम्भब भएको हो | यो बलले ब्रम्हाण्डकै उत्पत्ति र अन्त्य संग सम्बन्ध राखछ | हाम्रा दैनिक जिबनमा यो बलको कुनै उपस्थिति छैन | तर हरेक एटोमका न्युक्लियस मा क्वार्कहरु लाइ बाधेर प्रोटोन- निउट्रोन बनाउने तथा प्रोटोन- निउट्रोन लाइ जोडेर एटोम को निउक्लियस बनाउने काममा यो बल प्रयोग भैरहेको हुन्छ | अघि हामीले कुरा गरे जस्तो बिधुतिय-चुम्बकीय बलकै कारण हाम्रा मोडर्न टेक्नोलोजी बनेजस्तो यो वीक र स्ट्रोङ्ग फोर्सले अर्को नया टेक्नोलोजी पनि आउला नि भन्दै हुनुहुन्छ कि ! न्युक्लियस को बिज्ञान लाई प्रयोग गरेर किही मेडिकल औजार र स्क्यानरहरु बनाइएका पनि छन् | दुर्भाग्यबस क्वार्क हरुलाई इलेक्ट्रोन जस्तो तार मा दौडाउन सकिदैन (क्वार्क कन्फ़ाइनमेण्ट) जसले गर्दा बिधुतिय-चुम्बकीय बलले बनाए जस्तो टेक्नोलोजी परिकल्पना गर्न सकिदैन |
तपाइलाई लाग्दै होला ४ वटा बल रहेछन | तेसका लागि चार प्रकारका कुरा हरु क्रमश: मास, चार्ज , फ्लेवर , कलर चाहिदो रहेछ | शक्ति बाट पदार्थ को निर्माण हुदा नै पार्टिकल ले जन्मजात माथिका चार प्रकारका गुणहरु प्राप्त गर्छ | गिटार बजाउनु भएको छ? गिटारका तारहरु ठ्याकै एकापसमा ट्युन गरिएका छैनन् भने गिटार राम्रो बज्दैननी | हो तेस्तै बैज्ञानिक हरुले यो ब्रम्हाण्ड लाइ ट्युन गर्ने अमुल्य चिज के हुन् भनेर पत्ता लगाएका छन् | तेस्ता अमुल्य रत्नहरु लाई फिजिकल कन्स्टेण्ट भनिन्छ जसमा १. ग्राभिटेस्नल कन्स्टेण्ट २. प्रकाश को गति ३. एलेक्ट्रोन को चार्ज ४. प्लांक कन्स्टेण्ट ५. विक र स्ट्रोङ्ग फोर्स को कप्लिंग कन्स्टेण्टहरु इ. थुप्रै छन् | यी कन्स्टेण्ट हरु कस्ता कुरा हुन् भन्नु होला भने ब्रम्हाण्डका दुर दराज मा कुनै एलियन ले बिज्ञान को निर्माण गरे भने उनीहरुको बोल्ने भाषा र गणित गर्ने तरिका पुरै फरक परेपनि यी कन्स्टेण्ट हरुका मापन भने एउटै हुने छ | तेसैले यी कन्स्टेण्ट विज्ञानका अमुल्य रत्न हुन् |
जादाजादै : भाषागत सुद्दा-सुद्दी कमेन्ट गरिदिनुभए निकै आभारी हुने थिए !
- दिवाकर सिग्देल - बिज्ञानका कुरा
Leave समयका चार चक्र to:
Read more #nepali-blog posts
Best Posts From Vasuji
We have not curated any of vasuji's posts yet. But you can encourage our curation team to review posts by visiting them regularly and by referring other readers. Because we give priority to frequently read content.
More Posts From Vasuji
- किसान र माहुरी
- शुन्य
- लघुकथा: डिजिटल नरक!
- ऐना भित्रको एक चित्रण |
- थुइक्क म!
- हे मूर्ख !
- ऐना भित्रको एक चित्रण |
- मानब
- माटो मुनीका सपनाहरु !
- फगत यी बिम्बहरु !
- शक्ति मन्थन
- समयका चार चक्र
- अनन्त ज्ञान कोच्ने मस्तिस्क
- कस्सम! चाहे बोराको पाइन्ट लगाउन किन नपरोस |
- Optimized Locomotion
- Hyperledger : Open-source Blockchain Framework & Free course at EDX by LINUX Foundation
- Quantum Cryptography : Next technology after Bitcoin!!
- Blockchain Rocking in 2018
- New Blockchain Based Technologies in 2018
- Game Development in CUDA