ऐना भित्रको एक चित्रण |
यो ऐना !
आहो यो त म हो !
लौन, ऐना भित्र म भेटिए !
यो बिशाल आकासमा,
मेरो शरिर ,
हात खुट्टा, टाउको इत्यादी आकारमा ब्याप्त रहेछ |
यो अविछिन्न दौडिरहेको आकृति |
हस्यांग फस्यांग स्वास ,
ढुक ढुक बम्किरहेको मुटु,
मेरा आखा,
निरन्तर वरपरका बिम्ब बटुलछन |
मेरा कान ,
निरन्तर वरपरका आवाज बटुलछन |
ति आवाज र आकृतिका संग्रह भित्र भासिएको थिए म |
ती संग्रहित इतिहासका पत्रहरु,
मेरै सानिध्यका बखान हुन् |
यो भित्र-बाहिर गर्ने,
स्वास मा छु म |
रगत मा निरन्तर बगीरहने,
उर्जामा छु म |
लौन यो ऐना भित्रको
एउटा चित्र भित्र म भेटिए !
म हराएको त्यो बिगत,
अहो ! बडो कठोर !
समयको अगाडी ठिंग उभिएर,
आफ्नो परिचय खोज्थे म |
समयले बेचैनसंग दौडाएको ,
अपुष्ट आकृति हु म |
हरपल मेरो भबिस्य ,
म भित्र छिर्छ |
निमेष भरिमै ,
बिगत भएर चुहिंछ |
भबिस्य र बिगत को दोसाद म दौडिरहने,
वर्तमान आकृति हु म |
पालै पालो यो स्वास ,
आकास रित्याउछ |
घुट्की घुट्कीले समुन्द्र रित्याउछ |
गासका रासले पर्बत बनाउछ |
तिनै आकाश भरि छाएको छु म |
तिनै समुन्द्रमा फैलिएको छु म |
हरियो डांडाभरि छरिएको,
प्रकाश हु म |
यो ऐना भित्रको चित्र,
कसरि मेरो पहिचान हुन सक्छ ?
मेरो शरीर बनाउन उनिएका अणु परमाणु ,
युगौ युग देखि यही छन् |
मिथ्या भएको छ यो शरिरे पहिचान ,
युगौ युग चल्नेछ यो,
पदार्थ र शक्ति को मन्थन |
यो ऐना,
सधै मलाई झुक्याउछ |
क्षणभंगुर का स्मृति ले ,
म परिभाषित हुदिन |
क्षमा माग्छु म मेरा साथी,
ऐन भित्र म भेटिएको होइन |
- दिबाकर सिग्देल
- कविता संग्रह बिन्दु र आकृती
Leave ऐना भित्रको एक चित्रण | to:
Read more #nepali-poem posts
Best Posts From Vasuji
We have not curated any of vasuji's posts yet. But you can encourage our curation team to review posts by visiting them regularly and by referring other readers. Because we give priority to frequently read content.