ऐना भित्रको एक चित्रण |
यो ऐना !
अहो! यो त म हो !
लौन, ऐना भित्र म भेटिए !
यो बिशाल आकाशमा,
मेरो शरिर ,
हात खुट्टा, टाउको इ. आकारमा ब्याप्त छु |
यो अविछिन्न दौडिरहेको आकृती |
हस्यांग फस्यांग श्वाश,
ढुक ढुक बम्किरहेको मुटु ,
मेरा आखा,
निरन्तर वरपरका बिम्ब बटुल्छन |
मेरा कान ,
निरन्तर वरपरका आवाज बटुल्छन |
ती आवाज र आकृतीका संग्रह भित्र भासिएको छु |
ती संग्रहित इतिहासका पत्रहरु,
मेरै सानिध्यका बखान हुन् |
यो भित्र-बाहिर गर्ने,
श्वाशमा छु म |
रगतमा निरन्तर बगीरहने,
उर्जामा छु म |
लौन यो ऐना भित्रको
चित्रमा भेटिए म !
म हराएको त्यो बिगत,
अहो ! बडो कठोर !
समयको अगाडि ठिंग उभिएर,
आफ्नो परिचय खोज्थे म |
समयले बेचैनसंग दौडाएको ,
अपुष्ट आकृती हू म |
हरपल मेरो भबिस्य ,
म भित्र छिर्छ |
निमेष भरिमै ,
बिगत भएर चुहिंछ |
भबिस्य र बिगतको दोसाधमा दौडिरहने,
वर्तमान आकृती हु म |
पालै पालो यो श्वाश ,
आकाश रित्याउछ |
घुट्की घुट्कीले समुन्द्र रित्याउछ |
गासका राशले पर्बत बनाउछ |
तिनै आकाश भरि छाएको छु म |
तिनै समुन्द्रमा फैलिएको छु म |
हरियो डांडाभरि छरिएको,
प्रकाश हू म |
यो ऐना भित्रको चित्र,
कसरि मेरो पहिचान हुन सक्छ !?
मेरो शरीर बनाउन उनिएका अणु-परमाणु ,
युगौ युग देखि यही छन् |
मिथ्या भएको छ यो शरिरे पहिचान ,
युगौ युग चल्नेछ यो,
पदार्थ र शक्ति को मन्थन |
यो ऐना,
सधै मलाई झुक्याउछ |
क्षणभंगुरका स्मृति ले ,
म परिभाषित हुदिन |
क्षमा माग्छु म मेरा साथी,
ऐना भित्र म भेटिएको होइन |
Leave ऐना भित्रको एक चित्रण | to:
Read more #nepali posts
Best Posts From Vasuji
We have not curated any of vasuji's posts yet. But you can encourage our curation team to review posts by visiting them regularly and by referring other readers. Because we give priority to frequently read content.
