
शुन्य
सुरुमा ० थियो। एक्छिन मा १ लुरु लुरु हिन्दै आइपुग्यो। ० र १ मिलेर बात मार्दै गर्दा २ आइपुग्यो। एबम प्रकारले ३,४,५,६,७,८ र ९ गरि सबै आइपुगे। सामान्य प्रकार ले सामुहिक गफ-गाफ चल्यो। एतिकैमा कस्को गुण राम्रो को ठुलो भन्ने बहस चल्न थाल्यो। १ ले भन्यो म आफू मात्र एक आपसमा जोडिएर २,३,४ इ. सबै बन्न सक्छु तर २ आपस मा जोडिएर ४, ६ हुँदै जान्छ म जस्तो उपयोगि छैन। फेरि जुरुक्क उठेर ८ ले भन्यो, जोडिन नसके के भो त! म बाडिन सक्छु। म ७ र १ भैदिन सक्छु। म ६ र २ अथवा ४ र ४ इ. भैदिन सक्छु। एस्ता बिबिध प्रकार का गुण-अबगुणका चर्चा भए। तर ० शान्त बसिरहेको थियो। सबैले ० सङ्ग आफ्नो देखाउन लाएक कुनै गुण छैन भन्ठाने। हुदा हुदा अरु संख्याहरुले एक आपसमा कानेखुसि गर्दै ० लाई समूह बाट निकाल्ने निर्णय गरे र सुटुक्क त्यो ठाउँ बाट अन्तै लागे। केही पर पुगेपछी ९ लाई आफू सबै भन्दा ठूलो भन्ने घमन्ड चल्यो र अरुलाइ अफ्नो पछि पछि आउन आदेस दियो। यो कुरा अरुलाइ मन परेन । सबैभन्दा पहिले १ ले मुख खोल्यो। म १ नम्बर हु। म अगि अरु सबै मेरो पछि आउनु पर्छ। हुदा हुँदै चर्का चर्की भयो। एक आपस्मा हात हालाहाल भयो। यसरी त समूह मा बस्न नसकिने भो भन्दै ४ र ५ ले मध्यस्त कर्ताको भुमिका खेल्दै को ठूलो भन्ने कुरा को फैसला गर्न ० भएको ठाउमा जाने निधो गरे। सबैले ० सङ्ग माफी मागे र को ठूलो भन्ने फैसला गर्न पठाए। ० ले सुरुमा (१-१=०) देखायो अनि (१+२-१-२=०) देखयो गर्दै गर्दै (१+२-१-२+३+४+५-३-४-५+६+७+८+९-६-७-८-९=०) देखायो र भन्यो तिमिहरु सबै मेरा अनेक रुप हौ। यहाँ कोहि पनि ठूलो र कोहि पनि सानो छैन। यहा शुन्य मात्र छ। तेहि शुन्य अनन्त धनात्मक र रिणात्म्क संख्यामा ब्यक्त हुन्छ। तिमीहरु भनेका मेरा अपुरा भाग हौ। तिमिहरु ले भ्रम बस आफ्नो छणिक अस्तित्व देखेका हौ। यो सुने पछि हरेकले पस्चताप गर्दै ० को सरण परे।
Leave शुन्य to:
Read more #nepali posts
Best Posts From Vasuji
We have not curated any of vasuji's posts yet. But you can encourage our curation team to review posts by visiting them regularly and by referring other readers. Because we give priority to frequently read content.