Vasuji avatar

अनन्त ज्ञान कोच्ने मस्तिस्क

vasuji

Published: 29 Dec 2017 › Updated: 29 Dec 2017अनन्त ज्ञान कोच्ने मस्तिस्क

अनन्त ज्ञान कोच्ने मस्तिस्क

ब्लग लेख्नुमा मजा बेग्लै छ हेर्नुहोस | कुरैकुरामा फ्याट्ट भिडियो राख्न पनि पाइने | तपाइलाई फेसबुक तिर आउने समाचारका ब्लग र वेबसाइटले हैरान बनायो होला हैन ? चिन्त्ता नगर्नुहॊस | अहिले मिडियामा असार-साउन छाएको छ | सबैलाई केही न केही गरौ जस्तो भएको छ | सबैका हातमा मोबाइल छन | कसैलाई कविता फुर्छ , कसैलाई गाली फ़ुर्छ | फेसबुक खोल्यो स्टाटस लेख्यो | यही हुलमुलमा यो ब्लग पनि आइपुग्यो |

तपाइलाई माथिको शिर्षक देखेर यो कुनचाही बहुलायो भन्ने लाग्यो होला हैन ? एकछिन धैर्य धारण गर्नुहोस | कुनै समय थियो, भानुभक्त्तले रामायण नेपाली भाषामा उल्था गर्नाले घर-घरमा रामायण पुगे | यो ब्लगर तेती मेहनती चाही अवस्य छैन , तर के कुरामा विश्वास राख्छ भने यस प्रकृतीलाई बुज्ने भाषा अत्यन्त सरल हुनुपर्छ | आज-भोलि बिज्ञानमा प्रयोग भएका गणित किन एती जटिल छन् ? यसको उत्तर हो मानब मस्तिस्क वास्तावमै अपाङ्ग छ | डार्बिनको क्रमबिकासको सिद्दान्त त सुन्नु भएकै होला | प्रकृतीले उत्तम मस्तिस्कको निर्माण सुरुगरेको करोडौ वर्ष भैसक्यो | यो अझै पनि विकासकै क्रममा छ | हामी भन्दा अलि कम बिकसित रेप्टेलियनका मस्तिस्कका सतह अलि चिप्ला हुन्छन | मानब मस्तिस्क भने एउटा ठूलो टाबेललाई कचौरामा कोची-कोची खादेजस्तो फोल्ड नै फोल्ड परेको छ | किन तेस्तो भो भन्नुहोला भने खप्परको आकार बढेन तर दिमागले पुस्तैपिच्छे ज्ञान-गुन सिकेको सिकै छ | जति सिप, कला र ज्ञानगुन सिक्छ तेती फोल्ड पर्दै जान्छ | बिचित्र छैन त ? तैपनि गणितको मामलामा अपाङ्ग चाही नभनिहालेको भए हुन्थ्यो भन्ने लाग्यो होला होइन ? होइन यो समयको मानब मस्तिस्क अपाङ्ग नै हो हेर्नुस | मानब ले एक-एक लजिकल लेबल पार गर्दै ठेली का ठेली गणित बनाउदै बसिराको छ | कतै बिर्सिहाल्छ कि भनेर दोहोर्याको दोहोर्याई पनि छ बिचरा | अहिले ठूल्ठूला थ्योरी बनाउन अनेक प्रकारका गणित र कम्प्युटर अल्गोरिदमका सहायता लिनुपरेको छ | एस्तो पारा पूर्ण रुपमा बिकसित भैनसकेको अर्ध-बिकसित मस्तिस्कको त हो नि ! कस्तो हुन्छ होला त्यो पूर्ण बिकसित मस्तिस्क ? कति फोल्डका फोल्ड अटाउने होला यो सानो खप्परमा ! कुरै त हो ! तपाई हाम्लाई कुरा गर्न कले छेक्या छ र हैन ? आउनुहोस ख्याल ख्यालमै हामी अनौठा बैज्ञानिक चिन्तन तिर लागौ |

यो उन्यूको जस्तो देखिने पातलाई हेर्नुहोस | यसका ससाना पातलाई ध्यान दिएर हेर्नुहोस | यो पातमा पनि गणित छ भन्ने कुनै भेउ पाउनु भो कि ? ती ससाना पात पनि ठूलो पात जस्तै देखिन्छ | फेरी ती ससाना पात भित्रका अझ मसिना पातलाई हेर्नुहोस | ती पनि ठूलो पात जस्तै देखिन्छन | यसरी जति सूक्ष्म दुरीमा जादा पनि आकृती दोहोरिदै जाने गणितीय गुणलाई "नाप-अनिर्भर्ता" ( Scale Invariance ) भनिन्छ | यो पातको चित्र कम्प्युटर प्रोग्रामिङ्ग बाट तेही नाप-अनिर्भर अल्गोरिदम प्रयोग गरेर निर्माण गर्न सकिन्छ | आजको छलफलमा म यही नाप-अनिर्भर्ताको अनन्त ज्ञान अटने मस्तिस्क संग के सम्बन्ध छ भनेर गुणगान गाउने छु |

आधुनिक बिज्ञान यस प्रकृतीलाई बुझ्ने क्रममा विभिन्न सूक्ष्म तह पार गर्दै निराकार शून्य सम्म पुगेको छ | अर्को तर्फ त्यही निराकार शून्य बाट उठेको पत्रै पत्र भएको पुष्पदल जस्तो (सब-एटोमिक,एटोमिक,मोलिकुलार इ.) देखिने प्रकृतीले कुन उचाइमा आइपुगेर 'पुरुष' अथवा 'चैतन्य' लाई प्रतिस्थापन गर्दछ भन्ने कुरा अर्को रुचिको बिषय हो | कुरो म तेही अनन्त ज्ञान अटनेवाला मस्तिस्कबाट सुरु गर्छु | कस्तो हुनुपर्छ होला त्यो मस्तिस्क ? तपाइलाई लाग्दै होला त्यो मस्तिस्क एउटा घर जत्रो हुनुपर्छ र त्यसमा अनगिन्ति फोल्ड नै फोल्ड पर्नु पर्छ | कुरो सही हो ! तर त्यो मस्तिस्क पनि एउटा लिमिट पार गरेपछि कम्जोर ठहरिन सक्छ | उसोभए पृथिबी जत्रो मस्तिस्क, लौ जा ! होइन होइन ग्यालेक्शि जत्रो मस्तिस्क ! र अन्त्यमा भन्नुहोला ब्रम्हाण्ड जत्रै मस्तिस्क ! हो कुरो यही हो ! अनन्त ज्ञान अटने मस्तिस्क ब्रम्हाण्ड स्वयम् हो ! तेसैलाई त परब्रह्मा भनिएको हो ! तपाइँलाई अलि बढीनै गफ दे जस्तो लाग्यो ? यो तलको भिडियो हेर्नुहोस ! ब्रम्हाण्डका ग्यालेक्शिहरु एक आपसमा मिलेर मानब मस्तिस्कमा पाइने न्युरोनका त्यान्द्रा जस्तै बनोटमा बसेका छन् |

उसोभए हाम्रा अपाङ्ग भनिएका मस्तिस्क चाही के हुन् ? पिपलको बिशाल रुखलाई हेर्नुहोस | पिपलको सानो दानो देख्नुभएको छ ? त्यो दानो भित्र माटोलाई बिशाल रुखमा बदल्ने क्षमता छ | हो तेस्तै हाम्रा मस्तिस्कमा पनि असिमित सम्भाबना चाही छ है | "अहम ब्रम्हास्मी !" भनेको पनि सुन्नुभएकै छ होला | यो भनेको के भन्नुहोला भने हामीले हाम्रो पिलन्धरे मस्तिस्कलाई ग्रो गर्नु पर्यो | एउटा पिपलको दानो ले माटोलाई रुखमा बदले जस्तै यो सानो मस्तिस्कलाई ब्रम्हाडिय मस्तिस्कमा बदल्नु पर्यो | कसरी होला ? म आफैलाई थाहा छैन हेर्नुस | बुद्ध जस्ता महान मानब पनि यै प्रकृतीले जन्माएकी हुन् | असम्भब चाही छैन होला ! फेरी तपाई घरबार छोडेर नहिड्नुस है | तेस्को लागि म जिमेवार छैन |

मसंग अर्को उपाय पनि छ | मैले अघि उन्यू को पात देखाएर "नाप-अनिर्भर्ता" ( Scale Invariance ) को कुरा गर्दै थिए | यो सानो खप्पर भित्रै सारा ब्रम्हज्ञान अटाउने प्रयास गर्दा के उपाय चाहिएला ? तेस्को लागि हाम्रा मस्तिस्क बनेको पदार्थले भ्याउदैन ! फेरी ब्रम्हाण्ड जत्रै मस्तिस्क चाहिन्छ | एउटा भर्चुअल मस्तिस्कको परिकल्पना गर्न सकिन्छ | जसमा जति सानो दुरीमा जादापनी उस्तै आकृती दोहोरिदै जान्छ | उदाहरण को लागि तलको भिडियो हेर्नुस है |

तेस्तो भर्चुअल मस्तिस्कमा अनन्त इन्फोर्मेशन राक्न सकिन्छ | तेस्तो भर्चुअल मस्तिस्क बनाउने कसरी ? आर्टिफिसीयल इनटिलिजेंस (AI) त सुन्नु भएको होला | यसमा लाखौ कम्प्युटरलाई तारताम्य मिलाएर केही गहिराई सम्म जाने भर्चुअल मस्तिस्क चाही बनाउने प्रयास होला आउदा दिनमा | ब्रम्हाडिय पदार्थ को निर्माणकै बेला नाप-अनिर्भर्ताको गुण ब्रेक भैसकेको हुनाले यही पदार्थको प्रयोग बाट बनेका कम्प्युटरले पनि पूर्णतया अनन्त ज्ञान अट्ने मस्तिस्क भने बनाउन सक्दैनन् | कम्प्युटरका काम गराइमा एक-आपसमा तारताम्य (Coherence) सम्भब हुने भएकाले यो जादु केहि हदसम्म सम्भब छ र गणितका मामलामा हाम्रा मस्तिस्क भन्दा कयौगुणा क्षमतावान हुन सक्छन | हवस् त फेरी भेटौला !

जादाजादै : भाषागत सुद्दा-सुद्दी कमेन्ट गरिदिनुभए निकै आभारी हुने थिए !


Leave अनन्त ज्ञान कोच्ने मस्तिस्क to:

Written by

Physics, Technology, Philosophy, Literature and Art

Read more #nepali-blog posts


Best Posts From Vasuji

We have not curated any of vasuji's posts yet. But you can encourage our curation team to review posts by visiting them regularly and by referring other readers. Because we give priority to frequently read content.

More Posts From Vasuji