फगत यी बिम्बहरु !
म हराउन खोज्दछु,
घरि घरि म हुनुको पहिचान मलाई तान्न खोज्दछ।
हाडहरु मा मासुले बेरिएको म,
ताप् र चाप ले बलेको छु ।
आकाश छिर्छ म भित्र,
म आकाश भित्र छिरेको छु ।
झुत्रिएको छु ,
कराएको छु ,
अनेक बिलौना गर्छु ,
बिबष भै वरी परि टोलाएर हेर्छु ,
हवा बोल्दैन ,
मेरो मुटु ढुक -ढुक सिबाए अरु केहि जान्दैन ,
मेरो हात भनिएको बस्तु लम्पसार परेको छ ,
मेरा इ अबोध औलाहरु मेरै निर्देसनमा अछर निर्माण गर्छन ,
पाना-पाना मा इ मौन भ्रान्त अछरहरु,
एता-उता डोलिदै मडारिन्छन ।
ती हुन् बिम्बहरु,
समयका अबयहरु,
घरि पलाउछन् ,
घरि बिलाउछन् ।
ती बिम्ब बनाउने साचाहरु तारताम्य मिलाई रहन्छन ।
अनायास ! मेरो आकृति खडा हुन्छ ।
घरि म त्यो हुन्छु ,
घरि त्यो म हुन्छ ,
समय मलाई भत्काई रहन्छ ।
पटक पटक बोध हुन्छ,
ब्यर्थ भएको छ यो बुझाई ।
तिमि शुन्य बाट उठ ,
बिउझाऊ त्यो शुन्य लाई ,
निश्छल, निराकार।
नसमाउ त्यो आकार अनि ती रंगरोगन ,
ती हुन् शुन्यका बिम्बहरु ,
सधै मलाई झुकाई रहेछन ,
फगत यी पाजी बिम्बहरू ........।
- दिबाकर सिग्देल - कविता संग्रह बिन्दु र आकृती
Leave फगत यी बिम्बहरु ! to:
Read more #nepali-poem posts
Best Posts From Vasuji
We have not curated any of vasuji's posts yet. But you can encourage our curation team to review posts by visiting them regularly and by referring other readers. Because we give priority to frequently read content.