Vasuji avatar

लघुकथा: डिजिटल नरक!

vasuji

Published: 17 Aug 2019 › Updated: 17 Aug 2019लघुकथा: डिजिटल नरक!

लघुकथा: डिजिटल नरक!

अपराधका प्रकार निकै जटिल हुँदै गएपछि नरकमा यमराजले चित्रगुप्तलाई अपराध विश्लेषण गर्न नया टेक्नोलोजी प्रयोग गर्न निर्देशन दिएछन। रतारात चित्रगुप्त र बिश्वकर्मा बिच छलफल भएछ। पहिले-पहिले पापीहरुको पापका घडामा एकल गरिएका पापहरु जम्मा हुन्थे। गणितको सामान्य "भेक्टर" ले काम चल्थ्यो। एक पछि अर्को पाप गेनेर दन्ड दिइन्थ्यो। अजकाल पापको घडा पनि गणितको "मेट्रीक्स" जस्तो हुन पुगेछ। कुनै एक भ्रस्टाचार, बलात्कार, तस्करी इ. मा सङठित रुपमा करिब १००/२०० जना पापीहरु सम्लग्न भएको पाइयो। उक्त पापलाई सफल पार्न फरक-फरक मात्रामा प्रतिनिधित्व भएको पाइयो। चित्रगुप्त पुरै फ्रस्टेट भैसकेका थिए। बिस्वकर्माले सम्झाउदै नया ग्राफिकल डेटाबेस बनाएर अपराधका नेट्वर्क विश्लेषण गर्न सुझाब दिए। फलस्वरूप कुनै 'i' पापीले 'j' पापी सङ्ग मिलेर गरेको पापलाई x(i,j) ले जनाउदा १००x१०० को सामुहिक "अपराध मेट्रीक्स" तयार भएछ। चित्रगुप्तलाई थोरै भएपनी राहत मिलेछ। हरेक पापीका जीवन भरी फरक-फरक स्थान र समयमा गरिएका पापहरुका पाप-मेट्रीक्सका चाङ थुप्रीए जस्लाई "पाप-टेन्सर" नामाकरण गरियो। पापी र पापहरुको पार पाईनसक्नु नेट्वोर्क तयार भएछ। पापीहरुले कुनै एक सङ्गठित अपराधमा एक-आपसमा गरेको फोन, मेसेज, बैंकका ट्रान्जेक्सनहरु ई. को अनौठो डाइनामिक्स देखिन्थ्यो। चित्रगुप्त आफुले पत्तै नपाउने गरि मर्त्यलोक छिया-छिया हुनेगरी भित्र-भित्रै अपराधका नेट्वोर्कले भत्भती पाकेको देखेर एकपटक भक्कानिए। गहभरी आसुभर्दै सम्हालिने प्रयास गरे। अब भने पापीहरुलाई कसरी सामुहिक दण्ड दिने भनेर समस्या भयो। फेरि बिस्वकर्माले समानान्तर दन्ड प्रणाली (parallel pipeline) को अबधारणा ल्याएछ्न। जस्मा सुपर कम्प्युटरले पाप-मेट्रीक्स बाट हरेक पापिको पाप हिसाब गरी स्वचालित दन्ड दिने हार्ड्वेर सम्यन्त्रमा पठाउदो रहेछ। त्यस पश्चात् हरेक पाप अनुसार भागिदार १००/२०० जनालाई रातो-तातो झिरले शरीरको पछिल्लो भागबाट उनेर मुखबाट निकाली सेकुवाझै एकैसाथ आगोमा सेकाउदो रहेछ। यमराजले खुसी हुँदै चित्रगुप्त र बिस्वकर्मालाई स्याबासी दिएछन र आउदा दिनमा अपराधहरु अझै जटिल हुने हुदा सजक रहन अनुरोध गरेछन।

Leave लघुकथा: डिजिटल नरक! to:

Written by

Physics, Technology, Philosophy, Literature and Art

Read more #nepali posts


Best Posts From Vasuji

We have not curated any of vasuji's posts yet. But you can encourage our curation team to review posts by visiting them regularly and by referring other readers. Because we give priority to frequently read content.

More Posts From Vasuji