थुइक्क म!
थुइक्क म !
फेरी तेही भ्रस्टाचारीलाई भोट हाले ।
होइन, मेरो बुद्दि किन नआको होला !
मैले आमालाई सोधे ।
आमा, मेरो बुद्दि किन हरायो ?
हजुरको बृद्द भत्ता बिचमै कुम्ल्याउनेलाई भोट हाले ।
धिक्कार छ मलाई !
खोलानाला बेच्नेलाई भोट हाले ।
आमाले हास्दै भन्नु भयो,
नरोउ बाबु यो तिमीले देखेको नराम्रो सपना हो।
बिउझिय !....
नभन्दै, म झल्य्यास बिउझिए।
चिट चिट पसिना आएको थियो ।
किरि किरि किराहरु कराई रहेका थिए ।
उफ्फ़ ! धन्न यो त नराम्रो सपना रहेछ ।
सपनामै भएपनि मैले किन
तिनै कुहिएका नेता रोजे ?
मलाइ ठुलो आत्मग्लानि भयो ।
कि यो मेरो बिछिप्त मनोबिज्ञान हो?
मनोबैज्ञानिक रुपमा म किन एति निक्रिस्ट भए ।
छि छि छि छि !.........
छिमेकका हर्क दाइ कतार बाट बाकसमा फर्किए ।
म फेरी बाकि हर्कदाइहरु बाकसमा फिर्ता ल्याउन,.....
हे भगवान ! ......
एस्तो नराम्रो सपना देख्ने म पापी हो!
पूल नभएर तुइनबाट खोला तर्ने बैनीहरुको कसम !
म एस्तो रद्दी सपना आइन्दा देख्दिन !
धीक्कार छ मलाई !
सपनामा फेरी तिनै पशुलाई भोट हाले ।
हे राउटे दाइ तिम्रो कसम !
म एस्तो सपना फेरी देख्दिन ।
थुइक्क म !
- दिबाकर सिग्देल - कविता संग्रह बिन्दु र आकृती
Leave थुइक्क म! to:
Read more #nepali-poem posts
Best Posts From Vasuji
We have not curated any of vasuji's posts yet. But you can encourage our curation team to review posts by visiting them regularly and by referring other readers. Because we give priority to frequently read content.