
मिस वर्ल्ड प्रतिस्पर्धामा शृंखलाकाे क्रेज
विश्वभरका सुन्दरीहरूको रहर अनि सपना हो, मिस वर्ल्ड घोषित हुनु। यही सपना पुरा गर्ने होडमा विश्वका १ सय २१ प्रतिस्पर्धी सुन्दरी यतिबेला चिनको सान्या सहरमा भेला भएका छन्। यिनै १ सय १८ सुन्दरीहरुसँगको प्रतिस्पर्धामा छिन् नेपाली चेली श्रृंखला खतिवडा।
सन् १९५१मा ब्रिटेनको बिकिनी कन्टेस्टपछि सुरु भएको मिस वर्ल्डको इतिहास ६८ वर्ष पूरानो भइसकेको छ। यसै क्रममा आउँदो डिसेम्बर ८ तारिखमा २०१७की मिस वर्ल्ड मानुषी छिल्लरले ताज लगाउँदै ६८औं मिस वर्ल्डकाे घोषणा गर्नेछिन्। यसका लागि पूर्व मिस वर्ल्ड मानुषी छिल्लर नोभेम्बर १९मा चीन प्रस्थान गरिसकेकी छन्।
तर, ताज पहिरिन नेपाली चेली श्रृंखला भने अब्बल सावित हुन सक्छिन् या सक्दिनन्?
आम नेपालीमा काैतूहलकाे विषय बन्न पुगेकाे छ। मिस वर्ल्डकाे ताज पहिरिने उनकाे सपना छ। उनी अहिले सामाजिक सञ्जालमा साथ र सहयोगको लागि अपिल गरिरहेकी छन्। श्रृंखलालाई मिस वर्ल्डकाे ताज पहिर्याउने कसरतमा लागिपरेका छन् उनका प्रशंसकहरू। सामाजिक सञ्जाल प्रयोगकर्ता नेपालीहरूले आफ्नाे पेज र ग्रुपबाट श्रंखलालाई साथ दिइरहेका छन्।
यसैको फलस्वरुप मंगलबारबाट खुलेको भोटिङमा यतिबेला श्रृंखला अग्र स्थानमा छिन्। याे रिपोर्ट तयार पार्दासम्ममा २० दशमलव ३२ प्रतिशत भोट प्राप्त गरेकी छन्।
उनी मिस वर्ल्ड २०१८को उत्कृष्ट ३० हुँदै प्रतिस्पर्धाको सेमिफाइनलमा पर्न समेत सफल भएकी छन्। टप मोडल विधा अन्तर्गत सेमिफाइनलमा पुगेको कुरा श्रृंखलाले बिहीबार आफ्नो फेसबुकबाट जानकारी गराएकी थिइन्।
मिस वर्ल्ड प्रतिश्पर्धामा श्रृंखलाको यो सफलता नेपालका लागि निकै ठूलो रहेको विश्लेषकको भनाइ छ भने एसियमा श्रृंखलाको प्रस्तुती निकै बलियो बन्न पुेगेको छ।
यसअघि मिस नेपाल वर्ल्ड निकिता चण्डक उत्कृष्ट ४० सम्म पर्न सफल भएकी थिइन्। मिस वर्ल्ड भोटिङ प्रणालीमा श्रृंखलालाई पछ्याउदै मंगोलियाकी सुन्दरी ११ दशमलव ३७ प्रतिशत भोट प्राप्त गरी दोस्रो स्थानमा छिन्।
श्रृंखला प्रतियोगिताको अन्तसम्म भोटिङ लिस्टको प्रथम स्थानमा पर्न सके उनले नेपालका लागि मल्टिमिडिया अवार्ड जित्ने निश्चित छ।
श्रृंखलाले प्राप्त गरकाे भोट र सामाजिक सञ्जालमा देखिएको क्रेजले यतिबेला उनीप्रति नेपालीहरुकाे ठूलो आशा निकै देखिएकाे छ।
सुन्दरी प्रतियोगिता मध्येको सर्वाधिक चर्चामा रहने गर्छ मिस वर्ल्ड। त्यही चर्चामा चुलिएकी छन् श्रृंखला। सामाजिक सञ्जाल, युटुब लगायत भिडियाेमा नेपालबाहेक अन्य मूलुकका नागरिकले पनि उनलाई जिताउने हाेडमा रहेका देखिन्छ। यस अर्थमा हेर्नेहो भने नेपाली सुन्दरी श्रृंखला प्रति विश्वको आँखा केन्द्रित भएको प्रष्ट हुन्छ।
श्रृंखलालाई कसरी गर्ने त भोट ?
क) आफ्नो मोबाइलको प्लेस्टोरमा गएर मोबस्टार एप डाउनलोड गर्नुहोस्।
ख) तपाईंको कुनै पनि सामाजिक सञ्जालको अकान्टबाट उक्त एप लगइन गर्नुहोस।
ग) लगइन पश्चात मोबस्टार एपको सर्च अप्सनमा गएर श्रृंखला सर्च गर्नुहोस्।
घ) जहाँ निलो कलरको (आइओएस सिस्टममा पहेंलो) टिक लगाइएको श्रृंखलाको प्रोफाइल देख्न सकिन्छ, उक्त प्रोफाइललाई फलो गर्नुहोस्।
ङ) प्राेफाइलमा देखिएका तस्वीरमा बाँयाबाट दायाँतिर (स्वाइप) सार्नुहोस र यसमा क्लिक गर्नुहोस्।एक पटकमा १ भोट जाने छ। यससँगै तपाईंले आफ्नो प्रतिकृया पनि दिन सक्नुहुनेछ। तपाईंको प्रतिकृया पनि भाटमा गणना गरिने छ।
च) र अन्तमा अन्य सामाजिक सञ्जाल प्रयोगकर्ता समक्ष उक्त विषय पुर्याउन सेयर पनि गर्न सकिने छ।
cr sourse pligism]
Leave मिस वर्ल्ड प्रतिस्पर्धामा शृंखलाकाे क्रेज to:
Read more #missworld posts
Best Posts From Mpk
We have not curated any of rabin01's posts yet. But you can encourage our curation team to review posts by visiting them regularly and by referring other readers. Because we give priority to frequently read content.