
My love story
ताप्लेजुङ्ग एक मिठो सम्झना -१
बिहानै ५ बजेकाे गाडीमा ताप्लेजुङ्ग सम्म को लागि चढे ।
५ बजे भएपनि गाडीमा धेरै यात्री थिए। बस नं २०९२ काे कन्डक्टर विक्रम दाईले झ्याल छेउको सिट मिलाइदिए । यात्रा सुरु भयो उर्लाबारी मा फेरि धेरै जना ओर्लिने र चढने क्रम जारी रह्यो अनि लगभग १५ मिनेट पछि गाडी गन्तव्य तर्फ लाग्यौ फेरि दमक बस स्टेण्डमा चिया पिउन जानकारी गराए विक्रम दाईले "आज नेकै ढिलो हुन्छ जस्तो छ ताप्लेजुङ्ग सम्म पुग्दा" मनमनै सोचें ।
"चना मटर बदाम " भन्दै झ्याल मा भैया आउन थाले मैले नि ४ ५ प्याकेट किने बदाम अनि गाडी गन्तव्य तर्फ अगाडि बढ्यो दमक बाट।
"कहाँ आई पुगेऊ कालु😍?" मोबाइल मा मेसेज आयो, रिप्लाई दिनु भन्दा नि उनको याद मा टोलाउन पो थालेछु; म सँगै को सिटमा माइधार बाट दाजु आउदा पो थाहा पाए ।
"माइधार नदि जस्ट कटे 😊" रिप्लाइ गरे ।
"ए हाे राम्ररी अाउ है"
-" हुन्छ म आउँदै छु तिमी के गर्दै छेउ?"
"तिम्रो छेउ को सिटमा को छ??"
मलाई रिप्लाई दिन मन लागेन अनि बदाम खान थाले 😃। "उनलाई अलिकति जलाउन मन थियो 😍" एकछिन पछि फाेन आयो, फाेन घर बाट मामुले गर्नु भको रछ ।
"का पुगिस"
-"बिर्तामोड पुगे मामु"
"नास्ता खाइस् त? बीच बाटो मा पाईन्दैन होला नि!"
-"तपाईंले बिहानै बनाई दिनु भको खना खाएरहोला भोक छैन मामु "
" ल राम्ररी जानु टाईम मा खानु "
-"हुन्छ मामु बाई" ।।
मामुलाई घरमा ढाँटेर आएको थिएँ म: उनलाई भेट्न होइन साथी हरु संग नयाँ वर्ष मनाउन ताप्लेजुङ्ग गएको भनेर ।
अनि अर्को कल उनकै आई हाल्यो "किन फोन लाग्दैन त ? मेसेज को नी रिप्लाई देको छैनौं ? ठिकै त छौ नी? "अलिक चिन्तित स्वोरमा भनेको थिइन् ।
To be continued...
Leave My love story to:
Read more #introduceaboutyourself posts
Best Posts From Member of Teamnepal
We have not curated any of pathi's posts yet. But you can encourage our curation team to review posts by visiting them regularly and by referring other readers. Because we give priority to frequently read content.