lolianderice avatar

नारायणगढ–मुग्लिन सडकमा २ वर्ष भित्रमा कति वटा पुल बन्दैछन्

lolianderice

Published: 02 Oct 2017 › Updated: 02 Oct 2017नारायणगढ–मुग्लिन सडकमा २ वर्ष भित्रमा कति वटा पुल बन्दैछन्

नारायणगढ–मुग्लिन सडकमा २ वर्ष भित्रमा कति वटा पुल बन्दैछन्

मर्मतको क्रममा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा १८ वटा पुल निर्माण हुने भएका छन् । अहिले पुल भएका स्थानमा आगामी दुई वर्षभित्र १८ वटा नयाँ पुल निर्माणको प्रकृया अघि बढेको छ ।

सो सडक खण्डमा रहेका अहिलेका पुलहरु चौडा नभएका कारण सवारी ओहोरदोहोरमा समस्या भईरहेको छ । अझ ती पुल जीर्ण भएका कारण कुनै पनि समयमा ठुलो विपद आइलाग्न सक्ने भन्दै सडक विभागले अहिलेका पुल हटाएर डेढ दर्जन नयाँ पुल निर्माण गर्न लागेको हो ।

सडक विभागका अनुसार आगामी एक महिना भित्रमा चार वटा पुल निर्माणका लागि ठेक्का सम्झौता भईसक्नेछ । थप १४ वटा पुल निर्माणका लागि नक्शांकनको काम भइरहेको विभागले जनाएको छ । यो काम सकिए लगत्तै १४ वटा पुल निर्माणका लागि ठेक्का प्रकृया सुरु हुने विभागले जनाएको हो । विभागका अनुसार अहिलेका सबै पुल छ मि मात्र चौडा छन् भने अब बन्ने पुल ११ मि चौडा हुने छन् ।

आगामी दुई वर्ष भित्रमा सबै पुल निर्माण भैसक्ने सडक विभागले जनाएको छ । पुल निर्माणका लागि झण्डै १ अर्ब खर्च हुने अनुमान गरिएको छ । सोमध्ये आधा रकम नेपाल सरकारले व्यहोर्ने छ भने आधा रकम विश्व बैंकले लगानी गर्ने छ ।

Leave नारायणगढ–मुग्लिन सडकमा २ वर्ष भित्रमा कति वटा पुल बन्दैछन् to:

Written by

Read more #nepalinews posts


Best Posts From lolianderice

We have not curated any of lolianderice's posts yet. But you can encourage our curation team to review posts by visiting them regularly and by referring other readers. Because we give priority to frequently read content.

More Posts From lolianderice